जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार २०:१७

कांग्रेस, माओवादी र नेकपा समाजवादी निकट कालिकोटका ९ पत्रकार प्रेस चौतारीमा प्रवेश


कालिकोट, २४ कात्तिक । प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका ९ जना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी निकट कालिकोटका पत्रकारहरु आज प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको हो । प्रेस चौतारी नेपालले ९ जना नै पत्रकारलाई आफ्नो संगठनमा प्रवेश गराउँदै भव्य स्वागत गरेको छ ।

प्रवेश गर्नेहरुमा प्रेस सेन्टरबाट निस्ता कार्की, मानबहादुर विक, प्रेस युनियनबाट जीवन देवकोटा, प्रेस सेन्टरबाटै प्रतिभा ऐडि, समाजबादी प्रेस संगठनबाट दिपराज बिक, प्रेस सेन्टरबाट यसोदा विक, कमल शाही र प्रेस युनियनबाट धनशोभा शाही प्रवेश गर्नुभएको हो । प्रेस चौतारी नेपाल उहाँहरुलाई हार्दिक बधाई तथा स्वागत गर्दछ ।