जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २१:१५

पत्रकार थामीपत्नी कालिकाको अपिल : सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्


काठमाडौं, भदौ ११ । भोटेकोशी बाढीका कारण बुधवार बिहानदेखि सम्पर्कबिहीन हुनुभएका पत्रकार टेकराज थामीकी पत्नी कालिका खडकाले खोजी कार्यमा सघाउन अपिल गर्नुभएको छ ।

बुधवार बिहानदेखि पती टेकराजसँग सम्पर्क हुन नसकेको जनाउँदै पत्नी खडकाले केहीबेर अघि यस्तो अपिल गर्नुभएको हो ।आफै पत्रकार रहनुभएकी खडकाले पति टेकराजको अवस्थालाई लिएर आफूहरु निकै चिन्तित रहेको भन्दै खोजीमा सघाउन र अफवाह नफैलाइीदन अपिल गर्नुभएको छ ।

अत्यन्त जरुरी सूचना भन्दै पत्रकार थामीकी पत्नी कालिकाले भन्नुभएको छ, ‘मेरो श्रीमान टेकबहादुर थामी केरुङ्को एक कार्यक्रममा जाने क्रममा मंगलबार रसुवागढी पुग्नुभएको थियोे । हिजो बिहान ८।२१ बजेसम्म मोबाइल लोकोसन देखिनुहुन्छ। त्यसपछि फोन अफ छ । उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन।’

उहाँले थप जानकारी र अपिल गर्नुभएको छ, ‘पत्रकार अन्वेषण अधिकारीको म्यासेजरमा कल गरेकोजस्तो रातो संकेत मात्रै देखिएको हो । स्पष्ट आधार, सम्पर्क अहिलेसम्म केही प्राप्त भएको छैन । उहाँको अवस्थाबारे हामी चिन्तित छौ । सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्। उहाँबारे कुनै जानकारी भए परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध छ।

पत्रकार थामी दोलखाबासी हुनुहुन्छ । खोजपत्रकारितामा स्थापित पत्रकार तिब्बतमा बुधवारदेखि सुरु हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगलवार रसुवा पुग्नुभएको थियो ।