काठमाडौं, २५ कात्तिक । नवनियुक्त तीन प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्