जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार २०:२४

यी हुन मकवानपुरबाट एमालेको दशौं महाधिवेशन प्रतिनिधि (सूचीसहित)


मकवानपुर, कात्तिक २५ । नेकपा एमालेको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा मकवानपुरको दुबै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन । एमालेले महाधिवेशनका लागि दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।

एमाले मकवानपुरले जनाएअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दहाल, कमल बिष्ट, बद्री लम्साल, रामचन्द्र राइ, फुर्बा दोर्जे लामा र दिलबहादुर घिसिङ चयन हुनुभएको छ । सो निर्वाचन क्षेत्रबाट महिला प्रतिनिधिमा जुनेली श्रेष्ठ र सीता बिष्ट चयन हुनुभएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर दुईबाट महेश बर्तौला, एकलाल श्रेष्ठ, हिदम लामा, सुवासचन्द्र ठकुरी, लालबहादुर थापा र बिण्णुप्रसाद ढकाल चयन हुनुभएको छ । यस्तै महिला प्रतिनिधिमा सुमित्रा काफ्ले र बरिना बल चयन हुनुभएको एमाले मकवानपुरले जनाएको छ ।