जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार ०८:३९

तेह्रथुमको फेदाप गाउँपालिकामा एमालेले छान्यो नयाँ नेतृत्व, अध्यक्षमा तिम्सिना


तेह्रथुम, कात्तिक २६ । नेकपा एमाले फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन हुनुभएको छ । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिनुभयो । एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घोषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेको थिएन ।