काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि निवासबाटै इजलास गठन गर्नुभएको छ । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश जवराले निवासबाटै इजलाश गठन गर्नुभएको हो ।
राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गर्नुभएको सर्वाेच्च प्रशासनले जनाएको छ । नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् ।
तर, जबराले भने बालुवाटास्थित प्रधानन्यायाधीश निवासबाटै आठवटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएको हो । उहाँले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गर्नुभएको छ । जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।
प्रतिक्रिया दिनुहोस्