जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १२:०८

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल


महोत्तरी, २६ कात्तिक । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताउनुभएको छ ।

जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउँदै उहाँले जबराको विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिनुभएको छ ।