दोलखा, कात्तिक २६ । नेकपा एमाले दोलखा जिल्ला कमिटीले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्लाका शीर्ष नेताहरुको सहमतिमा २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
एमाले केन्द्रीय सदस्य एवं दोलखा इञ्चार्ज पार्वत गुरुङ नेतृत्वको तीन सदस्यीय कार्यदलले जिल्लामा काम गर्ने नेताहरुबीच सहमति कायम गरी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो । सो कार्यदलमा केन्द्रीय सदस्य रचना खडका र जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल रहनुभएको थियो ।
नेता गुरुङकै पहलकदमीमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन । जसअनुसार खुल्लातर्फ जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित ५ जना चयन हुनुभएको छ । खुल्लातर्फ डवल पाण्डे, भरत दुलाल, कृष्ण भुजेल र हर्क पाख्रिन रहनुभएको छ ।
यी हुन दशौं महाधिवेशन प्रतिनिधि
खुल्लातर्फ
१. इश्वरचन्द्र पोखरेल
२.भरत दुलाल
३. डबल पाण्डे
४.हर्क पाख्रिन
५. कृष्ण भुजेल
दलिततर्फ

१. सुन्दर लामीछाने
२. टेक घतानी
महिलातर्फ
१. शान्ती पाख्रीन
२. कालिका पाठक
३. कमला बस्नेत
४। उर्मिला थामी
५. गायत्री आचार्य
६. गोमा केसी
७. शान्ति कुमारी तामाङ

भुगोलतर्फ
१. नर बहादुर श्रेष्ठ (मेलुङ)
२. बालकृष्ण शिवाकोटी (कालिञ्चोक)
३. भरत के सी (भिनपा)
४. जिवस राज खड्का (तामाकोशी)
५. मित्र जिरेल (जिरी)
६. हेमन्त चौलागाईं (बैत्यश्वर)
७. धन बहादुर तामाङ (शैलुङ्ग)
८. ठुला थामी (बिगु)
९. शुभ शेर्पा (गौरीशंकर)













प्रतिक्रिया दिनुहोस्