म्याग्दी, कात्तिक २६ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठसहितका सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएको एमाले म्याग्दीले जनाएको छ ।
जिल्लाका नेताहरुबीच आपसी समझदारीमा प्रतिनिधि चयन भएको हो । जसमा खुलातर्फ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वसांसद नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले चयन हुनुभएको छ ।
यस्तै महिलातर्फ गण्डकी सरकारकी पूर्वमन्त्री नरदेवी पुन, गाउँपालिका अध्यक्ष थमसरा पुन र दलितबाट पुष्कर विक तथा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु चयन हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्