जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०७:२३

मेष राशिलाई रोजगारीमा सफलता, सिंह राशिलाई आफन्तबाट आर्थिक सहयोग प्राप्त हुने



काठमाडौं, २७ कात्तिक । आजको पात्रो : २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर । (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ । बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ । शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ । बागमती प्रदेशको हेटौंडामा रहेको कुष्माण्ड सरोबरमामा आज मेला लाग्ने गर्दछ । आज बिहान सूर्योदय ६ः२४ र सूर्यास्त १७ः११ मा हुनेछ ।

शनिबारको दिन शनिदेवको उपायको लागि उत्तम दिन हो । शनिबारको दिन फलामका सामान खरिद गर्नु हुँदैन । अन्य बार खरिद गरेर ल्याएको छ भने शनिबार दान गर्न सकिन्छ । आजका देवता बायु र ग्रहदेव शुक्र हुन ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । व्यापारबाट लाभ प्राप्त हुनेछ । सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्रि जातिबाट प्राप्त हुने सहयोगले तपाईँको कार्ययोजना सफल हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिक कार्य आफूभन्दा ठूला व्यक्तिबाट प्राप्त आशीर्वादले अगाडि बढ्नसक्नुहुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आकस्मिक घाटा पनि हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रि जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अलि होसियारी अप्नाउनु पर्ला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता र भय उत्पन्न हुनसक्छ । यात्राको सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला आजको दिन ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईँले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । त्यसैले मीन राशिका जातकले आजको दिन अध्ययन अध्यापन र आफ्नो काममा मात्र ध्यान दिनुहोला । आजको दिन यात्रा गर्दा धन, समय खर्च हुँदा मनमा निराशा छाउने छ । त्यसैले आजको दिन सकेसम्म यात्रा नगर्नुहोला । साँझपख शिवालयमा जाँदा मीन राशिका भएकालाई अध्यापन, लेखनमा रुचि बढ्नेछ । अध्येतासँग छलफल गर्दा मनमा प्रसन्नता छाउने छ ।