जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०८:३३

यी हुन रोल्पाबाट चयन भएका एमालेका सात जना महाधिवेशन प्रतिनिधि


रोल्पा, कात्तिक २७ । नेकपा एमालेको महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट रोल्पा जिल्लाले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको छ ।
रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाका अनुसार सात जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका हुन् ।

आकांक्षी धेरै भएपनि सबैलाई चित्त बुझाएर सर्वसम्मत बनाइएको उहाँले बताउनु भयो । रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन हुनुभएको हो।