पोखरा, कात्तिक २७ । नेकपा एमाले कास्कीले १०औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच छलफल गराई कास्की एमालेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
जसअनुसार खुल्लातर्फ अध्यक्ष कृष्ण थापासहित दामोदर बैरागी, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल चयन हुनुभएको छ । यस्तै खुल्लाबाट विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, बेदबहादुर गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर चयन हुनुभएको एमाले कास्कीले जनाएको छ ।
यस्तै महिलातर्फ विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बरालपहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी चयन हुनुभएको छ । कास्कीबाट ३१ जना प्रतिनिधि चयन भएका हुन ।
प्रतिक्रिया दिनुहोस्