जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १०:३६

ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए, दुई क्षेत्रमा सर्वसम्मत, एकमा निर्वाचन


ललितपुर, कात्तिक २८ । ललितपुरमा नेकपा (एमाले) का १८ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । शनिबार भएको निर्वाचनमा ललितपुर ३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित हुनुभएको छ ।

यस्तै ललितपुर १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र चेतनाथ संजेल, महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, एमाले ललितपुर सचिव पुरुषोतम आचार्य चयन हुनुभएको छ । यस्तै महिलातर्फ तारा संजेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएको एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार ललितपुर २ बाट एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,रामेश्रवर श्रेष्ठ,चिरञ्जीवी आचार्य,राम राउत र महिलातर्फ मन्जरी शाक्य चयन भएका छन् । जिल्लाबाट दलीत कोटामा दिनेश अछामी सर्वसम्मत हुनुभएको छ । आगामी १०(१२ मंसिरमा हुने महाधिवेशनमा देशभरका ७७ जिल्ला र जनवर्गीय संगठनका पाँच प्रतिशत मनोनयन समेत गरी १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेले गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरेको थियो । जिल्ला र प्रदेशको नेतृत्व चयन भइसकेको छैन ।