जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १२:१२

नविना लामासहित युवा विद्यार्थीबाट निर्विरोध निर्वाचित भए ६ जना एमाले महाधिवेशन प्रतिनिधि


काठमाडौं, कात्तिक २८ । अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयनु हुनुभएको छ । युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट अहिलकी पूर्वअध्यक्ष नविना लामासहित अनेरास्ववियुकी उपाध्यक्ष कल्पना वाइबा महिला कोटाबाट निर्विरोध चयन हुनुभएको हो ।

त्यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उपमहासचिव रामजी सापकोटासहित प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । यसअघि नै अनेरास्ववियुकी अध्यक्ष बरालसहित बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भइसक्नु भएको छ ।

त्यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र शैलेस लामा पनि आ(आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनीहरू पनि एमालेका केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् ।