जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १८:०१

गण्डकीबाट १६८ एमाले महाधिवेशन प्रतिनिधि चयन, सबै जिल्लामा सर्वसम्मत (सूचीसहित)


पोखरा, कात्तिक २८ । नेकपा एमालेको दशौं महाधिवेसनका लागि गण्डकी प्रदेशबाट एक सय ६८ जना प्रतिनिधि चयन निर्वाचित भएका छन् । प्रदेश कमिटीबाट पाँच र अन्य प्रतिनिधि जिल्लाहरूबाट छानिएका हुन् । सबै जिल्लाबाट महाधिवेसन प्रतिनिधि सर्वसम्मत छनोट गरिएको कार्यालय सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै कास्कीबाट छन् भने मनाङ र मुस्ताङबाट सबैभन्दा कम छन् ।

लमजुङबाट ११, मनाङ र मुस्ताङबाट समान चार चार जना, म्याग्दीबाट नौ जना, बागलुङबाट १२ जना, गोरखाबाट १५ जना चयन भएका छन् । यस्तै, कास्कीबाट कास्कीबाट ३१ जना, तनहुँबाट १३, पर्वतबाट १३, नवलपुरबाट १९ र स्याङजाबाट २४ जना चयन भएका छन् ।

मनाङ र मुस्ताङबाट समान दुई जना खुला, एक महिला र एक दलितका दरले छनोट भएका छन् । कास्कीबाट १८ जना खुला, नौ जना महिला तथा चार दलित ९एक महिला सहित० निर्वाचित भएका छन् । म्याग्दीबाट पाँच खुला तथा दलित र महिलाबाट दुई दुई जना, बागलुङबाट सात जना खुला, तीन महिला र दुई दलित निर्वाचित भएका छन् ।

स्याङजाबाट १४ खुला, ६ महिला, चार दलित (दुई महिला) र तनहुँबाट नौ खुला, तीन महिला, एक दलित प्रतिनिधि छानिएका छन् । लमजुङबाट ६ खुला, तीन महिला र दुई जना दलित, गोरखाबाट १० जना खुला, चार महिला र एक जना दलित छनोट भएका छन् ।

यसैगरी, पर्वतबाट सात जना खुला, तीन जना महिला, तीन दलित (एक महिला सहित) तथा नवलपुरबाट १२ खुला, पाँच महिला र दुई जना दलित चयन भएका एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । प्रदेशबाट तीन जना खुला र दुई महिला चयन भएका छन् । मजदुरबाट चार जना खुला र चार जना महिला छानिएका छन् ।

कास्की

खुला
दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पाैडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिला
विद्या भट्टराई अधिकारी,प्रभा काेइराला,मन्जु गुरुङ, शाेभा बरालपहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी।
दलित
धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।
जम्मा ३१ जना।

तनहुँ

खुला
हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
महिला
भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
दलित
बाबुराम सुनार।
जम्मा १३ जना।

नवलपुर
खुला
छत्रराज पौडेल, कृष्णप्रसाद पौडेल,दीपक अधिकारी, मुक्तिराम पाण्डे, कृष्णप्रसाद घिमिरे, हरिप्रसाद न्यौपाने, रोशनबहादुर गाहा मगर,श्यामकुमार श्रेष्ठ, इन्द्रबहादुर पौडेल क्षेत्री, मेघराज पाण्डे, मझिलाल थारु थनेत, जीवन श्रेष्ठ र
श्याम थापा ।
महिला
रेखा कँडेल, सीता खड्का, पार्वता तिवारी, पद्मा जीसी श्रेष्ठ, चन्द्रकुमारी पुन र सुनिता गहतराज सुनार।
दलित
बाबुराम विश्वकर्मा।
जम्मा २० जना।

गोरखा
खुला
सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिला
सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त ।
दलित
कृष्ण नेपाली र काजीराम रोका ।
जम्मा १५ जना।

लमजुङ
खुला
धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल।
महिला
लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलित
विवश बुढाथोकी र हिरालाल विश्वकर्मा।
जम्मा ११ जना।

बाग्लुङ

खुला
इन्द्रलाल सापकाेटा,सूर्यप्रसाद पाठक, जनकराज पाैडेल, हिराबहादुर केसी,माेहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला
सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलित
देवकुमार नेपाली र धनबहादुर परियार ।
१२ जना।

म्याग्दी
खुला
हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला
नरदेवी पुन र थमसरा पुन ।
दलित
पुष्कर विक र खरमाया बिटालु ।
९ जना।

गण्डकी प्रदेश कमिटी
खुला
साेभियत ढकाल, माधव बाँस्तोला र लीला राना।
महिला
पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ।
५ जना।