जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १८:१९

एमाले महाधिवेशनका लागि ५८ जिल्ला र जनसंगठनबाट छानिए प्रतिनिधि (सूचीसहित)


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेको दशौं महाधिवेशनका लागि ७७ मध्ये ५८ जिल्ला र जनसंगठनमा महाधिवेशन प्रतिनिधि छनोटको काम सकिएको छ । एमाले सचिव एवं केन्द्रीय प्रचार बिभागका सचिव योगेश भट्टराईले दिनुभएको जानकारीअनुसार आजसम्म सातवटै प्रदेशका गरी ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको काम सकिएको छ ।

भट्टराईका अनुसार अधिकांश जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन भने केही निर्वाचन क्षेत्रमा निर्वाचन भएको छ । एमालेको दशौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा आयोजना हुँदैछ । दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम पूर्वनिर्धारित तालिका अनुसार देशभर कार्तिक २७ अर्थात हिजो एकै दिन सम्पन्न गर्ने योजना रहेको थियो ।

‘देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ,’ भट्टराईले भन्नुभयो ।

प्रतिनिधि चयन भएका जिल्लाहरु

प्रदेश नम्बर १ :
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा ।
केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीहरु, पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालय ।