जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १९:५५

पत्रकारबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधि ?


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेको दशौं महाधिवेशनमा एक दर्जन बढी पत्रकार नेता प्रतिनिधि चयन भएका छन । हालसम्म ५८ जिल्लाको प्रतिनिधि चयन भइसक्दा एक दर्जन बढी पत्रकार महाधिवेशन प्रतिनिधि छनोट भएका हुन ।

एमाले महाधिवेशनका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसहित पूर्वअध्यक्ष गगन बिष्ट, राजेन्द्र अर्याल, सल्लाहकार निर्मला शर्मा र उपाध्यक्ष टीका बिष्ट चयन हुनुभएको छ । अध्यक्ष बस्नेतसहित पाँचै जना प्रेस चौतारी नेपालबाट सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको हो । यस्तै प्रेस चौतारीकै पूर्वउपाध्यक्ष कुसलबाबु बस्नेत, मोहन चापागाई पनि महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । बस्नेत उदयपुर र चापागाईं रुपन्देहीबाट प्रतिनिधि चयन हुनुभएको हो ।

यस्तै केन्द्रीय सदस्य करण ताम्राकार, नारायण शाह प्रतिनिधि चयन हुनुभएको छ । ताम्राकार डडेलधुरा र शाह रुकुमबाट प्रतिनिधि चयन हुनुभएको हो । यस्तै सल्लाहकार सोमबहादुर थापा र सदस्यहरु कालिका पाठक र गायत्री आचार्य पनि महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । थापा कैलालीबाट र पाठक र आचार्य दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । प्रेस चौतारी नेपालका सदस्य पाठक दोलखाको कालिञ्चोक गाउँपालिका उपाध्यक्षसमेत हुनुहुनछ ।
यी हुन पत्रकार

गणेश बस्नेत
गगन बिष्ट
राजेन्द्र अर्याल
निर्मला शर्मा
टीका बिष्ट
मोहन चापागाईं
कुशलबाबु बस्नेत
नारायण शाह
सोमबहादुर थापा
करण ताम्राकार
कालिका पाठक
गायत्री आचार्य