जनता टाइम्स

११ असार २०७६, बुधबार १९:३४

बालुवाटारको सरकारी जग्गा हडप्नेबिरुद्ध अख्तियारको एक्शन : ८६ जनालाई काट्यो पुर्जी (सूचीसहित)


काठमाडौं, असार ११

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासभित्र पर्ने बलुवाटारको जग्गा अतिक्रमणको छानविनलाई तीब्र पारेको छ । छानविनलाई तीब्रता दिएसँगै अख्तियारले सो जग्गाका सम्बन्धमा संलग्न देखिएका ८६ जनालाई बयानका लागि बोलाएको छ ।

अख्तियारले बालुवाटारको जग्गा छानविनका लागि नाती काजी महर्जनसहित ८६ जनालाई सात दिनभित्र आयोगमा हाजिर हुन सार्वजनिक सूचना नै जारी गरेको हो । बुधबार जारी गरिएको सूचनामा बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको भन्ने उल्लेख छ ।

आयोगले सूचना प्रकाशित भएको सात दिनभित्र अनिवार्य रुपमा बयानका लागि उपस्थित हुन निर्देशनसमेत दिएको छ । ‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न नआएमा कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा भनिएको छ । सूचनामा सरकारले प्रचलित कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिएको साविक हाँडी गाउँ मौजाहा नम्बर ४५६ को लगत भिड्ने भन्ने उल्लेख गरिएको छ ।

सूचनामा भाटभाटनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, त्रिताल आयोगले भूमाफिया भनेर किटानी गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदीलाई बयानका लागि आयोगले बोलाएको छ । अख्तियारले पहिलो चरणको छानविन सकाएपछि संलग्न देखिएका सवैलाई बयानका लागि बोलाएको हो ।

हेर्नाेस सूची