जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १६:४१

एमाले महाधिवेशनमा पर्साबाट छानिए २९ जना प्रतिनिधि (सूचीसहित)


बीरगञ्ज, कात्तिक २९ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्सामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन । पर्साको चार वटै निर्वाचन क्षेत्र र दलित बाट २९ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।

यसरी चयन हुनेमा पर्सा क्षेत्र न १ बाट इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह , डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा हुनुहुन्छ । क्षेत्र न २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्मा चयन हुनुभएको छ । यस्तै क्षेत्र न ३ बाट प्रतिनिधि मा राजकुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह चयन हुनुभएको छ ।

अध्यक्ष हजराका अनुसार क्षेत्र न ४ बाट प्रतिनिधि मा जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी हुनुहुन्छ । यसैगरी दलिततर्फबाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।