जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार २०:५१

माओवादीमा फेरि पहिरो : चितवनलाई प्रचण्डमुक्त बनाउने घोषणा गर्दै वाइसिएल कोषध्यक्षसहित हस्तीहरु एमाले प्रवेश



चितवन, कात्तिक २९ । माओवादी भातृ संगठन वाइसिएलका कोषाध्यक्षसहित नेकपा माओवादी केन्द्रका ५० भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । देशको अहिलेको बेतिथिको प्रमुख जिम्मेवार पुष्पकमल दाहाल प्रचण्ड रहेको ठहर गर्दै त्यसबिरुद्ध लडने अठोटसहित माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।

एमाले प्रवेश गर्नेमा वाइसीएल कोषाध्यक्ष केशब भट्टराइसहित ५० जनाको टिम एमाले प्रवेश गर्नुभएको हो । ‘अब प्रचण्डको नेतृत्वमा रहेको पार्टी बाट देशको लागि कुनै प्रगति नहुने भन्दै चितवनका कोषाध्यक्ष माओवादीलाई शुन्य नै बनाउने अठोटसहित एमाले रोजेका हौं,’ भट्टराइले भन्नुभयो ।

एमाले प्रवेश गर्ने टोलीलाई एमाले पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जिल्ला इन्चार्ज काशिनाथ अधिकारी, एमाले जिल्ला अध्यक्ष पार्बती रावलसहितका नेताहरुले स्वागत गर्नुभएको छ ।