जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार ०७:३६

नेपाल प्रहरीका आठ एसपी एसएसपीमा बढुवा सिफारिस


काठमाडौं, कात्तिक ३० । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन । बढुवा सिफारिस समितिले आठ जना एसपीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिश गरेको हो ।

सिफारिश हुनेमा विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहनुभएको छ ।