जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १५:४२

मुख्यमन्त्री राउतले गरे वनमन्त्री राय बर्खास्त


जनकपुर कात्तिक ३० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नु भएको हो ।

नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गर्नुभएको हो । राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेको कारण बर्खास्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।