जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १८:१४

कांग्रेस–माओवादी त्यागेर सिंगो गाउँका सवै एमालेमा प्रवेश (फोटो फिचर)


ललितपुर, मंसिर १ । नेकपा एमालेमा पार्टी प्रवेश गर्ने लहर देशभर चलिरहेको बेला यता ललितपुरमा पनि लागू भएको छ । आज नेकपा एमाले कोन्ज्योसोम गाउँ पालिका वडा नम्बर–४ नल्लुमा भएको पार्टी प्रवेश कार्यक्रममा ४ दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गनेका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्ने सन्त बहादुर थिङ, मानबहादुर थिङ, इन्द्र बहादुर लोप्चन, सुनिल तामाङ, रामबहादुर घिसिङ, पुर्ण बहादुर घिसिङ, कमल लोप्चन, राजेश लामा, मनोज लामा, अनिल तामाङ, सुसान तामाङ, वीरबहादुर बल लगायत कांग्रेस, माओवादी पार्टी परित्याग गरि ४३ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उक्त नव प्रवेशीहरुलाई नेकपा एमाले ललितपुरका सांसद नवराज सिलवालले टिका, खादा र माला लगाई स्वागत गर्नुभयो । त्यस्तै पार्टी नेता पृुरुषोत्तम आचार्य र चेतनाथ संजेलले पनि टीका तथा अबिर लगाई उनीहरुलाई स्वागत गर्नुभएको हो ।