काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ ।
सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते हुनुभएको छ ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वोच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्