सप्तरी, २ मंसिर । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन्। आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ।
कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताउनुभयो । स्रोतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्