जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १८:०६

‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)


काठमाडौं, ३ मंसिर । अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३६ सेकेण्डको अवधिको ट्रेलरमा फिल्मको केही महत्वपूर्ण अंश समेटिएको छ । सस्पेन्स र थ्रीलर शैलीमा ट्रेलर तयार गरिएको छ ।

स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय फिल्ममा छ ।

आगामी पुस २ गतेबाट प्रदर्शन मिति तोकिएको फिल्मका कार्यकारी निर्माता नरेन्द्र महर्जन र हेमन्त धामी हुनुहुन्छ । आकाश बरालको कथा तथा सम्वाद रहेको फिल्ममा डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुनकुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व छ ।

दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्म क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको निर्देशन निकेश खड्काले गर्नुभएको हो । स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताउनुभयो । दर्शकले फिल्म रुचाउने उहाँको भनाई रहेको थियो । कार्यक्रममा निर्माता अर्जुनकुमार,अभिनेत्री सुपुष्पा भट्ट, निर्देशक निकेश लगायतले फिल्मको बिषयमा धारणा राख्नुभएको थियो ।