जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १८:३५

प्रधानमन्त्री देउवालाई एमालेको निम्तो : निमन्त्रणा स्वीकार गर्दै भन्नुभयो-‘म आइहाल्छु नि’


काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने बताउनुभएको छ । देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो ।

उहाँले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताउनुभएको हो । ‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भन्नुभयो । एमालेको १०औं महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुने भएको छ ।