जनता टाइम्स

४ मंसिर २०७८, शनिबार ०८:०१

मौसममा क्रमश: सुधार, पारिलो घाम लाग्न अझै केही दिन लाग्ने


काठमाडौं, ४ मंसिर । हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ ।

बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।

बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।

हिजो यतिबेला काठमाडौंको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज ८ डिग्री सेल्सियस मापन गरिएको छ । आकाश खुलेसँगै न्यूनतम तापक्रम घट्न थालेको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

  
२०७८ मंसिर ०४ गते (शनिबार) 

दिउँसो: देशका  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।  


राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ ।   

२०७८ मंसिर ०५ गते (आईतबार) 

दिउँसो: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।  


राती: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।  

२०७८ मंसिर ०६ गते (सोमबार) 

दिउँसोः देशका  पहाडी भु-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका  पहाडी भु-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।