जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १९:५९

एमाले केन्द्रीय कार्यालयमा उडाइयो महाधिवेशनको लोगो अंकित बेलुन



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयमा दशौं महाधिवेशनको लोगो अंकित बेलुन उडाइएको छ ।

एमाले पार्टी कार्यालय थापाथलीमा आज दिउँसो महासचिव ईश्वर पोखरेलले एमाले सूर्य चिन्हको लोगो तथा दशौं महाधिवेशनको मुल नारा अंकित बेलुन पार्टी कार्यालयमा एक कार्यक्रम बीच उडाउनु भएको हो । प्रचारको नयाँ शैली अपनाउँदै एमालेले आफ्नो केन्द्रीय कार्यालयमा महाधिवेशनको लोगो अंकित बेलुन उडाएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।