काठमाडौं, मंसिर ५ । एमाले नेता एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले सहमतिका साथ नेतृत्व चयनको दिशामा अघि बढन सवै नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ । दशौं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतादेखि महिाधवेशन प्रतिनिधिसम्मले धमाधम उम्मेद्वारी घोषणा गर्न थालेपछि पूर्वमन्त्री गुरुङले आज यस्तो अपिल गर्नुभएको हो ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत पुनः अध्यक्ष बनाउनु पर्ने अडानमा रहनुभएका नेता गुरुङले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेलगत्तै घोषणा गरिसकेको अवस्था भए पनि सच्याउन समेत आग्रह गर्नुभएको छ ।
‘गुट र फुटकै कारण नेपाली कम्युनिष्ट आन्दोलन पटक पटक पछारिएको छ । गुट र फुटमुक्त पार्टी निर्माणका लागि दशौं महाधिवेशनलाई नमुना महाधिवेशन बनाऔं । उम्मेद्वारी घोषणा गरेका वा गर्न लागेका आदरणीय नेताहरुलाई सर्वसम्मत रुपमा नेतृत्व निर्माणका लागि तपाईंको भूमिका रहोस भन्दै निर्णय सच्याउन हार्दिक आग्रह गर्दछु,’ गुरुङले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्