जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०८:२२

धनगढीको सिंगो गाउँ एमालेमय,कांग्रेस-माओवादी रित्तियो


कैलाली । कैलालीको धनगढी उपमहानगर पालिका ७ स्थित देवरिया गाउँ एमालेमय भएको छ । उक्त गाउको आसानगर टोलबाट २ सय भन्दा बढी एमाले प्रबेश गरेका छन् । उनीहरुलाई एमाले कैलालीका इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले पार्टी प्रवेश गराउनु भएको हो ।

देवरिया सामुदायिक वनका अध्यक्ष सारदा प्रसाद राना, नेकपा माओवादीका जिल्ला सदस्य घोरम राना, सुन्दरी चौधरी, शिव प्रसाद चौधरी लगाएर २ सय भन्दा बढी नागरिकले पार्टी प्रवेश गर्नुभएको हो । समृद्ध नेपाल, सुखी नेपाली एमालेबाट मात्रै सम्भव भएको भन्दै उहाँहरुले एमाले रोजेको बताउनु भयो । पूर्वमन्त्री नारद मिनि रानाले यहा बिकासको मुल फुटाउनु भएको भन्दै रानाले गरेको विकासको समेत स्थानीयले प्रसंशा गरेका थिए । रानाले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई हराउनु भएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री रानासहित एमाले प्रदेश सदस्य रतन खाती , धनगढी नगर अध्यक्ष राम चन्द्र जोशी, नगर सचीव प्रेम महरा, नेपाल राना थारु समाजका केन्द्रिय उपाध्यक्ष कमल राना लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा गाउका भलमक्सा जगन्नाथ राना, चन्द्र किसन रानाले मन्तव्य राख्नु भएको थियो । उहाँले देशको बिकास गर्ने केपी ओली र धनगढीको बिकास गर्न नारद मुनि राना आवश्यक रहेको बताउनु भएको थियो ।

केही समय अघि धनगढीका मेयर नृप ओडले रानालाई संकेत गर्दै बिकासको इट्टा नथपेको आरोप लागाउनु भएको थियो। जवाफ रानाले मेयर ओडलाई दृस्टि कमजोर रहेको व्यंग्य गर्नु भयो । रानाकै पहलमा त्यहा सामुदायिक भवन, कवर्ड हल र सडक निर्माण भएका छन् । ‘यति बिकास नगरपालिकाले गरेन,’ उहाले भन्नूभयो, ‘बिकास भएको पनि नदेख्ने मेयरको दृस्टिमा समस्या छ ।’