जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०९:३८

माइकल : पाँच हजार महिलासँग ‘यौन सम्बन्ध’ को सूची



वाशिंगटन । अमेरिकाका एक करोडपतिले एउटा कथित सूची तयार गरेका छन्, जसमा आफुले यौन सम्बन्ध राखेका हजारौं महिलाको नाम उल्लेख छ । आफ्नै घरमा भूमिगत कोठा बनाएर उनले अनेक महिलासँग यौन सम्बन्ध राखेको तथ्यको खुलासा भएको छ ।

करोडपछि ५७ वर्षीय माइकल गोगुएनमाथि यसअघि यौन शोषणको आरोप लागिसकेको छ । अहिले माइकलका चार पूर्व कर्मचारीले यौन शोषणको मुद्दा हालेका छन् ।

मुद्दा हाल्ने कर्मचारीको दाबी अनुसार माइकलले आफ्नो ‘यौन हर्कत’ हुने गुप्त ठाउँको देखरेख गर्न उनीहरुसँग सहयोग मागेका थिए । यस्तो ठाउँ जहाँ धेरै महिला बस्ने गर्छन्, जुन माइकलको निजी हो ।

म्याथ्यू मार्शल नामक एक पूर्व कर्मचारीले भनेका छन्, ‘माइकलले आफ्ना पूर्व मित्र ब्रायन न्यासको हत्या गर्न भनेका थिए, जसलाई माइकलको नाजायज हर्कत र गूप्त अखाडाबारे थाहा थियो ।’

यसअघि पनि माइकलले पूर्व प्रेमिमका एवं विदेशी डान्सर एम्बर ब्याप्टिस्टमाथि सन् २०१६ मा लगातार यौन शोषण गरेको आरोप लागेको थियो ।

न्यूयोर्क पोस्टका अनुसार अहिलेको मुद्दा गोगुउनको अमीनटोर ग्रसप एलएलसीका पूर्र्व कर्मचारीहरुका तर्फबाट गत फेब्रुअरीमा दायर गरिएको थियो । एउटा विवाहित ब्यापारीले कसरी आफ्नो नाजायज अफेयर्स लुकाउन आफ्ना कर्मचारीको उपयोग गर्छन् भन्ने यसबाट स्पष्ट हुन्छ ।

अदालती कागजातबाट पत्ता लागेकी एक महिलाले प्रहरीलाई बताए अनुसार उनका मालिक माइकलले १२ सय डलर दिनुअघि उनलाई कोकिन र मदिरा पिलाए अनि उनको यौन शोषण गरे ।

पूर्व कर्मचारीहरुले १३५ पृष्ठको मुद्दामा आरोप लगाए अनुसार माइकल कयौं आलिशान र गुप्त भवनका मालिक हुन्, जहाँ दर्जनौ युवतिलाई यौन सम्पर्कका लागि लैजाने गरिन्छ । यसक्रममा माइकलसँग ५ हजार महिलासँग उनले यौन सम्बन्ध राखेको दाबी गर्न मिल्ने दस्ताबेज पनि फेला परेको छ, जसमा ति महिलाको नाम उल्लेख छ ।

पूर्व कर्मचारीका अनुसार माइकलको बेसमेन्टमा एउटा रेस्टुरेन्टजस्तो ‘बूम बूम’ कोठा पनि छ, जसमा एउटा स्ट्रीपर पोल छ । यो माइकलको अमेरिकाको मोन्टाना राज्यको वाइटफिसस्थित घरमा छ, जहाँ उनी अहिले बस्ने गर्छन् । यो अन्डरग्राउन्ड कोठामा माइकलले धेरै महिलासँग यौन लिला रचाउँदै आएको देखिन्छ । (एजेन्सीका आधारमा)