काठमाडौं, साउन २० । कलाकार तथा सामाजिक अभियन्ता राजा राजेन्द्र पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथि निकै गम्भीर सवाल उठाउनु भएको छ । सुनसरीमा भडकिएको हिंशादेखि मधेशमा देखिएको तनावमा गृहमन्त्री गुरुङकै संलग्नताको आशंका गर्दै कलाकार पोखरेलले गम्भीर पवाल उठाउनु भएको हो ।
पोखरेलले ‘गृहमन्त्री सुधन गुरुङ छड्के हान्न भन्दै जहाँजहाँ जानुभयो त्यहीँत्यँही दंगा भड्कियो, यो संयोग कि योजनाबद्ध ?’ भन्दै निकै गम्भीर सवाल राख्नुभयो । पछिल्लो घटनाक्रममा गृमन्त्री गुरुङ नै योजनावद्ध रुपमा दंगा भडकाउन लागेका त हैनन भन्ने गम्भीर सिन देखाएको भन्दै पोखरेलले प्रश्न उठाएका छन ।
यस्तो छ पोखरेलको सिधासिधा कुरा
धार्मिक द्वन्द्वपछिका राजनीतिक प्रश्नहरू :
१. सुरक्षा घेरा तोडेर , पिएसओ समेत छोडेर केही समयअघि मोरङ सुनसरीमा गृहमन्त्री बेपत्ता भए भन्ने समाचार आए ।
त्यो बेला उनी कहाँ गए ? पर्साको जस्तो सेक्रेट फोटो भिडियो समेत आएन । यो दंगाको घटना पछि “त्यो समाचार” भारी लाग्न थालेको छ । यि दुई घटनामा कनेक्सन त छैन ??
२. गोलिकाण्डमा जुन “सशस्त्र प्रहरीको” जिल्ला प्रमुखलाई दोषी देखाएर सरुवा गरियो , उनलाई गोली चल्नुअघि गृहमन्त्रीले काठमाडौं बोलाएका थिए ।
“बिदामा बसेको” भनियो, उनी साउने सोमबार श्रीमतीसहित पशुपतिनाथको दर्शन गर्न बिदामा बसेका थिएनन । गृहमन्त्रीले स्पस्टिकरणका लागि बोलाएर आएका थिए । प्रहरी प्रमुख तान्ने र गोली हान्ने काम एकसाथ कसरी भयो ?
३. रोहिङ्ग्या शरणार्थी रहेको भनिएको क्षेत्रमा दङ्गा गराईयो गोली हनाईयो भन्ने आरोप छ । फेरि रोहिङ्ग्या समर्थक द्यच्ब्ऋ सँग गृहमन्त्रीको खास कनेक्सन छ भन्ने पनि आरोप छ । अब गृहमन्त्रीको भुमिकामा शंका गर्ने कि नगर्ने ?
४. घटना अघि नै प्रहरी प्रमुखले रोहिङ्ग्या शरणार्थी बाट खतरा छ भन्दा गृहमन्त्रीले प्रोपर प्लान गर्ने कि खुसुक्क गएर समाचारको खेति गर्ने ?
५. जनकपुरमा एउटै संसदका ‘सांसद साथी’ हर्क साम्पाङलाई मन्दिरमा प्रबेश गर्न बाट रोकियो , तर गृहमन्त्रीले कुनै एक्सन नै लिएनन् । रियाक्सन नै दिएनन् , त्यहि गलत नजिरले सुनसरी घटनाको आधार तय गर्यो ।
५. मधेस भड्काउन नियोजित हिसाबले संघीयता बिरोधी बहस किन छेडियो ?
७. सम्झौता गर्दा रास्वपाकै कार्यकर्तासँग भएको देखियो । सरकारमा रास्वपा , सडकमा रास्वपा किन भयो ?
८. गृहमन्त्री गुरुङ जहाँ जहाँ छड्के हान्न भन्दै जानुभयो त्यहि त्यहि दंगा भड्किएको छ, यो संयोग कि योजनाबद्ध ?
यी घटनाहरुले भविष्यको राम्रो संकेत नगरेकोले यति लेख्नु बाध्यता भयो । म गृहमन्त्रीको सक्रियतामा प्रश्न गर्दिनँ । तर घटनाको गहिराइ सक्रियताले पुर्दैन ।डिजेको आवाजबाट सुरु भएको एक सामान्य घटनामा राज्यको गोलिबाट ४ मृत्यु भयो, यो चाहिँ सामान्य हैन ।
नोट : सुरुमै मनमा आएका प्रश्न हुन् । समयको संवेदनशीलताको कारण आज लेख्दैछु ।














प्रतिक्रिया दिनुहोस्