जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १५:५३

संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : तिमिल्सिना


काठमाडौं, ६ कात्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको अन्दोलनप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा आज उहाँले यस्तो बताउनुभएको हो । सो अवसरका उहाँले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बाँकी त माननीयज्यूहरूले गर्नु हुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’ ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दैै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।