जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १६:०३

चितवन महाधिवेशनबाट बाहिरिँदैछन एमालेका यी चर्चित नेता


काठमाडौं, मंसिर ६ । एमालेको आसन्न महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने निश्चित भए पनि पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । यही महाधिवेशनबाट केही नेताहरु भने बिदा हुन लागेका हुन ।

गत असोजमा गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागू गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् । विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदै हुनुहुन्छ । उहाँ ७३ वर्षका भइसक्नु भएको छ ।

बोहोरासँगै स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै अवकाश पाउन लाग्नुभएको छ । उहाँ ७० वर्ष पुगिसक्नु भएको छ । अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसक्नु भएको छ । त्यसैले उहाँ पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदै हुनुहुन्छ । यद्यपी उहाँ अहिले पनि सल्लाहकार समितिका अध्यक्ष हुनुहुन्छ ।