जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १६:२२

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस, समर्थकसहित चर्चित नेता खाँ एमाले प्रवेश


रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।

उहाँ नेकपा एसका रौतहट जिल्ला नेता तथा फतुवा विजयपुर नगर कमिटीका इन्चार्ज हुनुहुन्थ्यो । गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहनुभएका खाँ एमाले विभाजनपछि नेकपा एसमा लाग्नुभएको थियो ।

प्रभु साहको निर्वाचन क्षेत्र रहेको फतुवा विजयपुरका माओवादीबाट निर्वाचित जनप्रतिनिधि यसअघि नै साहसँगै एमालेमा समाहित भइसक्नु भएको छ । खाँलाई एमाले नेता अच्युत मैनाली,बलवीर प्रसाद चौधरी लगायतले स्वागत गर्नुभएको छ । नेता खाँले माधव समुहले अनेकन झुटो कुरा गरेर एमालेमा रहेका र अन्य इमान्दार नेता कार्यकर्तालाई फसाएकोले आगामी चुनावसम्म सो पार्टीमा रहेका सवै इमान्दार कार्यकर्ता एमालेमा फर्किने बताउनु भएको छ ।