जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०८:३२

चुनावतिरै गयो एमालेको नेतृत्व छनोट, बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने सुवास नेम्वाङको घोषणा



काठमाडौं, मंसिर ७ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उपाध्यक्ष भीम रावलले

आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता हुनुभएको छ ।अहिलेसम्म बरिष्ठ उपाध्यक्षमा एमाले महासचिव इश्वर पोखरेललाई निर्बिकल्प मानिएको थियो । को घोषणासँगै एमालेभित्र तरंग आएको छ ।

नेम्वाङले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै वरिष्ठ उपाध्यक्षमा दिने घोषणा गर्नुभएको हो । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।