जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १०:१६

डडेलधुराबाटै महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बन्न सकेनन प्रधानमन्त्री देउवा, पत्नी आरजु सर्वसम्मत


डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो ।

यस्तै देउवा पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी हुनुभएको छ ।