जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १३:५८

वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित


जनकपुरधाम,७ मंसिर । केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन् । सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले आज विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका हुन् ।

आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक–पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । यता, सोमबार जनकपुरधाम–४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।