जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १५:०४

ओलीले खोले आफूलाई मन परेका पदाधिकारीबारे मुख


काठमाडौं, मंसिर ७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीमा आफूले मन पराएको ब्यक्तिको रहष्य खोल्नुभएको छ । सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले दशौं महाधिवेशनबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवबारे मुख खोल्नुभएको हो ।

मेरो मन परेको बरिष्ठ उपाध्यक्ष महासचिव त्यो हो, जो निर्बिरोध हुन्छ वा सवैभन्दा बढी मत ल्याउर चुनाव जित्छ । चुनाव अगाडि मेरो मन पराएको मान्छे छैन, २२ सय प्रतिनिधिले मन पराएको मान्छे नै मैले मन पराएको मान्छे हुनेछ, अध्यक्ष ओलीले भन्नुभयो ।