जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १८:१२

एमालेले गठन गर्यो ओलीको नेतृत्वमा अध्यक्षमण्डल, भीम रावलसहित यी हुन ११ नेता


काठमाडौं, मंसिर ७ । नेकपा एमालेले दशौं महाधिवेशनको बन्दशत्र सञ्चालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठनसहित माइन्यूट कमिटी गठन गरेको छ भने महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ ।

अध्यक्ष मण्डलमा अध्यक्ष ओलीसहित उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल बिश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ । यस्तै माइन्यूट कमिटीमा पृथ्वीसुब्ब गुरुङ, सूर्य थापा, बिष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोबिन्द नेपाली र ज्वालाकुमारी साह हुनुहुन्छ ।