जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १८:३६

एमाले महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत, २२९७ पुग्यो कुल संख्या


काठमाडौं, मंसिर ७ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ । आज बसेको स्थायी कमिटी बैठकले १ सय ३ जना मनोनीत गरेसँगै महाधिवेशन प्रतिनिधि संख्या २२ सय ९७ पुगेको हो ।

एमालेले कुल १ सय ३ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । बिधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरेको हो । एमाले केन्द्रीय संगठन बिभागअनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक संगठन गरी ६७ जना प्रतिनिधिको नाम आउन बाँकी छ ।

महाधिवेशनमा कुल महिला प्रतिनिधि संख्या ५ सय ७६ पुगेको छ भने दलित प्रतिनिधि संख्या १ सय ९५ पुगेको छ ।