जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०७:४४

एमाले केन्द्रीय कमिटीमा ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व (सूचीसहित)


काठमाडौं, मंसिर ८ । नेकपा एमालेको १० औं महाधिवेशन बिहीवारबाट चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले गत असोजमा संशोधित विधान अनुसार १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा प्रतिस्पर्धा रोकिएको छ । प्यानलगत चुनावले पार्टी नै चिरा पर्ने बिगतको अनुभवका आधारमा एमालेले यस्तो ब्यवस्था गरेको हो ।

बिधानमा केन्द्रीय कमिटी सदस्यका लागि विभिन्न ‘क्लष्टर’ का आधारमा चयन हुनेछ । नेपालको संविधानबमोजिम अब एमाले केन्द्रीय कमिटीमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्र गरि ९ ओटा ‘क्लष्टर’ रहेको छ ।

एमालेको केन्द्रीय कमिटीमा अब कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थिति हुनेछ । जसअनुसार समावेशी क्षेत्रबाट ५७ र भौगोलिक क्षेत्रबाट १६ गरि ७३ जना महिलाको उपस्थिति अनिवार्यरुपमा एमाले केन्द्रीय कमिटीमा हुनेछ ।

त्यस्तै आदिवासी जनजातीबाट २२, मधेशीबाट १६, थारुबाट ६, मुस्लिमबाट ४, श्रमिकबाट ५ र पिछडिएको क्षेत्रबाट ३ केन्द्रीय सदस्य चयन हुने छन् । भौगोलिक क्षेत्रअन्तर्गत पनि ७ प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीबाट पनि केन्द्रीय सदस्य चुनिने छन् ।

यस्तो छ बिधानको ब्यवस्था