जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १३:०९

आईपीएल अप्रिलबाट, १० टोली सहभागी हुने


काठमाडौं, ८ मंसिर । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग ९आईपीएल०को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ । विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी(२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् । कोभिड–१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स ९यूएई०मा आयोजना गरिएको थियो ।