काठमाडौं, असोज २३ । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशीलाई १५ लाख रुपैयाँ र पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिनुभयो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि दुवै जनालाई पक्राउ गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।













प्रतिक्रिया दिनुहोस्