जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १५:२४

बाग्लुङमा देउवा निकट केन्द्रीय सदस्य र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजीत


बागलुङ, मंसिर ८ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । पराजीत नेता दुवै सभापति शेरबहादुर देउवा समुहका हुनुहुन्छ ।

सो क्षेत्रबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल , प्रकाश आचार्य , मणिभद्र शर्मा कडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । उहाँ २५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर रहेका छन् ।