काठमाडौं, ८ मंसिर । ओम समाजमाज डेन्टल हस्पिटलले सञ्चालन गरेको कोभिड–१९ विरुद्धको निःशुल्क सेवा अभियान समापन गरेको छ । हिजो राजधानीमा एक कार्यक्रम गर्दै यस अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष सहभागी हुने सबैलाई सम्मान पत्रद्वारा सम्मानित गर्दै हस्पिटलले कोभिड–१९ विरुद्ध निःशुल्क सेवा अभियान समापन गरेको थियो ।

ओम समाज डेन्टल हस्पिटलको सभा हलमा सम्पन्न भएको समापन कार्यक्रममा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारीलगायत धेरै विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ओम हस्पिटलका अध्यक्ष डा. घिमिरेले यस निःशुल्क कोभिड सेवाको राष्ट्रिय अभियानमा जोडिएका हरेक दाजु, भाइ, दिदिबहिनी बुबा, आमालाई आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो,‘केही काम गर्न धन भन्दा पहिले मन हुन आवश्यक छ, हरेक कुरा गर्ने भित्रि मनले चाहे हर कुरा सम्भव छ ।’ कोभिड–१९ को दोस्रो लहरको लक डाउन समयमा हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवा तथा निःशुल्क प्राथमिक उपचार तथा परामर्श अभियान संचालनमा ल्याएको थियो ।

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा यसअघि सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, बिराज समाज (दिनेशकुमार मगर), रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत समाजसेवी, राष्ट्र सेवक, कलाकार एवं चिकित्सकहरूको सहयोगमा कोभिड–१९ विरुद्धमा निःशुल्क सेवा अभियानको थालनी गरिएको जानकारी दिइएको थियो ।

त्यस्तै कार्यक्रममा हस्पिटलका प्रमुख अजय रेग्मीले ओम समाज डेन्टल हस्पिटलको एउटा एम्बुलेन्सबाट काठमाडौं उपत्यकामा सुरु भएको सेवा ओम समाजकै चिकित्सकको निजी सवारी साधनलाईसमेत एम्बुलेन्स बनाई सेवा विस्तार गर्दै देशभरि मेची महाकाली अभियान मार्फत स्वास्थ राहत् सामाग्री समेत वितरण गरेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्