काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि संख्याको अन्तिम टुंगो लागेको छ । केन्द्रीय कमिटीले बिधानअनुसार मनोनीत पाँच गरेसँगै महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लागेको हो ।
एमाले केन्द्रीय कमिटीले कुल प्रतिनिधिको पाँच प्रतिशत अर्थात १ सय ६ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको हो । योसँगै महाधिवेशन प्रतिनिधि संख्या २३ सय जना पुगेको छ । एमाले केन्द्रीय संगठन बिभागअनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ ।
महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक संगठन गरी ६७ जना प्रतिनिधिको नाम आउन बाँकी छ । महाधिवेशनमा कुल महिला प्रतिनिधि संख्या ५ सय ७६ पुगेको छ भने दलित प्रतिनिधि संख्या १ सय ९५ पुगेको छ । एमाले महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । एमाले केन्द्रीय निर्वाचन आयोगले मंसिर ११ गते उममेद्वारी मनोनयन र १२ गते निर्वाचनको कार्यतालिका तय गरिसकेको छ ।














प्रतिक्रिया दिनुहोस्