जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार ०८:०५

१० औं महाधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आजै चितवन जाँदै


काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैहुनुहुन्छ ।भोलिदेखि सुरु हुने महाधिवेशनको अन्तिम तयारीको अवस्था बुझ्न र अन्य केही कार्यक्रममा सहभागी हुन ओली आजै चितवन जान लाग्नु भएको हो । भोली नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ ।एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ ।आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।