जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार १४:३६

एमाले अध्यक्ष ओली चितवनमा


काठमाडौं, ९ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएको छ । पार्टीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएको हो । उहाँलाई भरतपुर विमानस्थलमा नेतारकार्यकर्ताले स्वागत गरेका छन् ।

भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताउनुभयो ।

यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पनि चितवनको सौराहा पुग्नुभएको छ । केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भोलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।